मकवानपुर । यसबर्षकाे माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षा पनि आन्तरिक मूल्यांकनबाटै हुने भएकाे छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले एसइई परीक्षा आन्तरिक मूल्यांकन विधिअनुसार नै गर्ने निर्णय गरेको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद बैठकले यस वर्षको एसइई परीक्षा पनि आन्तरिक मूल्यांकनबाटै गर्ने निर्णय गरेको छ । यसअघि राष्ट्रिय परीक्षा बोर्डले आइतबार एसइई परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्ने अनुमति शिक्षा मन्त्रालयसँग अनुमति मागेको थियो ।
यस वर्षको एसइई जेठ १३ गतेदेखि संचालन गर्नेगरी तयारी गरेपनि करोना महामारीका कारण हुन सकेको थिएन । गत वर्ष पनि परीक्षा सुरू हुनुभन्दा एक दिनअगाडि एसइई स्थगित गरि आन्तरिक मुल्यांकनबाट नजिता प्रकाशित गरिएको थियो ।