मकवानपुर । राष्ट्रिय महिला अधिकार दिबश अबसरमा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । लैगिंक समानताको लागि पुरुष सहभागिता संजाल मकबानपुरद्धारा मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान हेटौडा अस्पताललाई पीपीइसेट, ग्लोब्स्, सेनिटाईजर, हेण्डबास, मास्क, थर्मागन र अक्सिजन मापन यन्त्र अक्सिमीटरलगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएकाे हाे ।
लैगिंक समानताको लागि पुरुष सहभागिता संजाल – (मेन ईगंज एलायन्स) मकबानपुर द्वारा कोभिड १९ लाई न्युनिकरण र यसबाट हुने क्षती कम गर्ने उद्धेश्यले हिंसा पिडित महिला, गर्भबती र सुत्केरी महिला, अपाङ्गता र बिपन्न बर्गका लागि मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठान
स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएकाे बाल कल्याण समाज मकबानपुर तथा संजालका अध्यक्ष प्रकाश खतिवडाले बताए ।
अध्यक्ष खतिवडा र प्रदेश सभा सदस्य जुनेली श्रेष्ठले संयुक्त रुपमा प्रतिष्ठानअध्यक्ष राजेश प्रसाईलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा प्रदेश सभा सदस्य श्रेष्ठले महिलाको अधिकार स्थापितको लागि सरकार कटिबद्ध भएको र यस बर्षको बजेट महिला अधिकार मुखि भएको बताइन् । महिला अधिकार दिबशको यसबर्षको नारा ”महिलाको सुरक्षा र अधिकार ः संकटकालिन ब्यबस्थापन हाम्रो सरोकार“ भन्ने रहेको ले यस बमाजिम कार्य गर्नका लागि प्राथमिकता तोकि कार्यको थालनी प्रदेश सरकारबाट गरिएको उनले बताइन् ।
लैगिंक समानताको लागि पुरुष सहभागिता संजालले यस कोभिडको कहर लाई अन्त्य गर्न सरकार संग हातेमालो गर्दै समय सापेक्ष चालिएको कदमलाई सराहना गर्दै भबिश्यमा पनी संजालका सदस्यहरुलाई यसैगरी असल नागरिकको कर्तब्य निर्बाह गर्न समेत श्रेष्ठले आग्रह गिरन् ।
हस्तान्तरण गरिएको स्वास्थ्य सामाग्री ग्रहण गर्दैै प्रतिष्ठान राजेश प्रसाईले लैगिंक समानताको लागि पुरुष सहभागिता संजाललाई हार्दिक धन्यबाद ज्ञापन गरेका थिए । हेटौडा अस्पताललाई अावश्यक भएकाे स्वास्थ्य सामग्री हस्तान्तरण गरेर कोभिडको जोखिम कम गर्न सहयोग पुर्याउनु भएको मा संजालमा आबद्ध संस्थाहरु प्रति आभार प्रकट गरेका थिए ।
कार्यक्रममा बागमती प्रदेश सामाजिक बिकाश मन्त्रालयका महिला बिकाश अधिकृत चन्द्र ब्यन्जनकार हेटौडा अस्पतालका निमित्त मेसु डा. रामचन्द्र सापकोटा, बालरोग बिशेषज्ञ डा. हरि बहादुर खड्का, डा. राजु सेढाई, अस्पताल संचालन तथा ब्यबस्थापन समितिका सदस्य सुपेन्द्र कार्की, नर्सिगं एसोसियसन मकबानपुरका सचिब निर्मला ब्लोन अधिकारी, एक द्धार संकट ब्यबस्थापन समिति ओसीएमसी हेटौडा अस्पतालका प्रतिनिधि अमृता श्रेष्ठ, एस्थर बेन्जामीन मेमोरियल फाउन्डेशन का प्रमुख बुद्धबिर लामा, हिमराईट्का कार्यक्रम संयोजक कुमारी बाईबा, नारी सिप सृजना केन्द्रको कार्यकारि निर्देशक चिरन्जीबि पौडेल, मकबानपुर महिला समुहका कार्यक्रम संयोजक निशा लामालगायतकाे सहभागिता रहेको थियो ।
लैगिंक समानताको लागि पुरुष सहभागिता संजाल (मेन ईगंज एलायन्स) मकबानपुरमा एस्थर बेन्जामिन मेमोरियल फाउण्डेशन, बाल कल्याण समाज मकबानपुर, नारी सिप सृजना केन्द्र, माईती नेपाल, हिम राईट्स, सेलर्ड, नारी संरक्षण केन्द्र, सिबिन नेपाल, समृद्ध समाज दैनिक, नेपाल पत्रकार महासंघ, मकबानपुर महिला समुह, ग्रामिण महिला सेबा केन्द्र, फ्रेण्डस् हेटौडा, ईटिएससि हेटौडा, सानाहातहरु नेपाल, अस्मीता नेपाल मकबानपुर, युफीड नेपाल, युवा सेबा समाज नेपाल, नेपाल परिबार नियोजन संघ, दलित महिला संघ, महिला तथा बालबालिका सेबा केन्द्र मकबानपुर, जिब्लुपी, शेयर एण्ड केयर नेपाल, एकिकृत ग्रामिण सेबा समाज लगायतका सस्थाहरु आबद्ध भएका छन् ।