मकवानपुर । बागमती प्रदेश सभाको ८ औं बजेट अधिवेशनको आइतबारकाे पहिलाे बैठक शाेक प्रस्ताव पास गर्दै स्थगित भएकाे छ । बैठकमा देालखाबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य पशुपति चौलागाईको शोक प्रस्ताव पेश भएकाे थियाे । शाेक प्रस्ताव सर्वसम्मतले पास गर्दै साेमबार जेठ १७ गते अर्काे बैठक बस्ने स्थगित भएकाे हाे ।
यस अघी सभामुख सानुकुमार श्रेष्ठले प्रदेश प्रमुखकाे कार्यालयबाट प्राप्त २ वटा पत्र पढेर सुनाएका थिए । सविधानको धारा १८३ उपधारा १ बमोजिम प्रदेश प्रमुखले ८ औं अधिवेशन आव्हान गरेका पत्र तथा प्रदेश सरकार मन्त्रिपरिषद् पूर्नगठन भएको जानकारी पत्र सभामा पढाएकाे सुनाइएकाे हाे ।
बागमती प्रदेश सरकारमा मन्त्रीमण्डल पुर्नगठनमा सरस्वती बस्नेत सामाजिक विकास मन्त्री, केशवराज पाण्डे आन्तरिक मामिला तथा कानुन मन्त्री, सरेश नेपाल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र डा. रामकुमार अधिकारी सामाजिक विकास राज्यमन्त्री नियुक्त भएका थिए ।