मकवानपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार बजेटसम्बन्धी ३ अध्यादेश जारी गरेकी छन् ।
राष्ट्रपति कार्यालयका अनुसार आर्थिक अध्यादेश, २०७८, विनियोजन अध्यादेश, २०७८ र ‘राष्ट्रऋण उठाउने अध्यादेश, २०७८’ जारी गरिएको हो । मन्त्रिपरिषद्को शुक्रबार विहानकाे बैठकले उक्त अध्यादेश जारी गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो ।
राष्ट्रपति भण्डारीले नेपालकाे संविधानकाे धारा ११४ काे उपधार १ बमाेजिम अध्यादेश जारी गरेकी हुन् ।