१ .
जन्मे पछि मर्नु पर्छ प्रकृतिको नियम यस्तै छ
फुले पछि झर्नु पर्छ प्रकृतिको नियम यस्तै छ
हो यस्लाई न रोक्न सकिन्छ न छेक्न सकिन्छ
माथी बसाई सर्नु पर्छ प्रकृतिको नियम यस्तै छ।
२.
तिमीलाई रगतले पत्र लेखेको थिए
धेरै..सपना तिमीसंग देखेको थिए
बिच बाटोमा नै मलाई छोडेर गयौं
तिम्रा दु:ख पीडा सबै छेकेको थिए।
३.
उ सराब नछुने मान्छे पिउने भएको छ
तिम्रै कारणले आज मुटु सिउने भएको छ
माया गर्छु भनी उस्लाई धोका दिएर गयौ
तिमी बिना एक्लै अब जिउने भएको छ ।
४.
मन परेको फूललाई तिमीले झारेर गयौ
माया गर्छु भनी तिमीले माया मारेर गयौ
थाहा भयो तिमी त सारै निष्ठुरी मान्छे रै छौ
आज मेरो माया अन्तै तिमीले सारेर गयौ ।
तुल्सिपुर -११, उरहरी दाङ्ग