बन्द काेठा भित्रबाट
सबैलाई लेखेकाेछु
बिपनीमा नभेटेनि
सपनिमा देखेकाेछु
बन्दिभई बसेकाे छु
निसास्सिंदै हावाबिना
काेराेनाकाे कहरमा
भाेलि देख्ने दावाबिना
आसागराैं भेटहाेला
प्राणवायु पाएँ भने
काेराेनकाे कालबाट
उम्किएर आएँ भने
मरेकाे त छैन
अझै हिम्मत र आस पनि
तर पनि लाग्दाेरैछ
कताकता त्रास पनि
घरभित्रै बसाैं सबै
काम धेरै भएपनि
बाच्नेले त हाेसगराैं
मर्ने मरी गएपनि
कहीं कतै कसैलाई
लाग्नहुन्न ब्याधीहरु
सुरक्षित भईबसाैं
हटिजान्छ आँधिहरु।।
रचनाकाल २०७८/२/७
हर्नामाडी मकवानपुर हाल काठमाडाै