मकवानपुर । मकवानपुर जिल्लाको बागमती गाँउपालिकामा रेडियाे प्रशारण शुरू भएकाे छ । आज बुधबारबाट सामुदायिक रेडियो, रेडियो झुरझुरे ९०.६ मेगाहर्जको परिक्षण प्रशारण आरम्भ भएको हाे ।
बागमती सञ्चार समुहद्धारा सञ्चालित रेडियाे झुरझुरे बिगतकेही समयदेखी अनौैपचारिक रुपमा प्रशारणमा रहेकोमा आजबाट परीक्षण प्रशारणमा प्रारम्भ गरेकाे हो । रेडियो झुरझुरे ९०.६ मेगाहर्ज ५ सय वाट क्षमताको रहेकाे छ । बागमती गाँउपालिकाका केही स्थानमा राष्ट्रिय प्रशासरणकाे रेडियाे नेपाल समेत सुन्न नसकिने तथा अन्य एफएम रेडियोकाे पहुँच समेत नरहेकाेमा सामुदायिक रेडियो, रेडियो झुरझुरे ९०.६ मेगाहर्जको परीक्षण प्रसारण शुरु भएकाे हाे ।
रेडियाे प्रशारण पश्चात आम नागरिक/श्रोताले सहज रुपमा सुचना, समाचार, मनोरञ्जन सहित सम्पुर्ण खबर जानकारी पाउने भएका छन् । बागमती गाँउपालिका वडा न. ४ झुरझुरेमा स्थापना भएको झुरझुरे एफएम शुरु भएपछी आम नागरिकले सुचना, समाचार र मनोरञ्जन सहज रुपमा पाउने बागमती गाँउ पालिका अध्यक्ष सर्केश घलानले बताए ।
जनताले समयमैं सहि जानकारी र समाचार पाउन गाउँपालिकामा नैं रेडियो सञ्चालन गरिएकोे सञ्चार समुहका अध्यक्ष हस्तबहादुर थिङ्गले बताए ।