मकवानपुर । हेटाैडा ६ चाैघडामा रहेकाे मकवानपुर स्वास्थ्य चाैकीलाइ स्वास्थ सामग्री सहयाेग गरिएकाे छ । हेटौंडा-६ मा निर्माणाधीन सिद्धस्थली सामुदायिक अस्पतालले स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्ट्रेटर,मास्क,ग्रोल्बस (सर्जिकल पञ्जा), लगायतका स्वास्थ्य सामाग्री सहयोग गरेको स्वास्थ्य चाैकी प्रमुख ताेयानाथ ढुंगेलले जानकारी दिए ।
अस्पतालका डाक्टर अभन गौतमले स्वास्थ्य सामाग्री हेटौंडा-६ का वडाध्यक्ष अर्जुन प्रसाद चौलागाई र हेटौंडा उपमहानगरपालिका सिअहेब अधिकृत भोलानाथ चौलागाई हस्तान्तरण गरेका हुन्।
स्वास्थ्य सामाग्री ग्रहण गर्दै चौलागाईले संकटको अवस्थामा सिद्धस्थली सामुदायिक अस्पतालले स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री दिएकोमा खुशी व्यक्त गरेका छन। सामाग्री हस्तान्तरण गर्दै डाक्टर गौतमले संकटको अवस्थामा सबैले सहयोग गरी महामारी नियन्त्रणमा लाग्नु पर्ने भएकोले स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री सहयोग गरेको बताए।
हस्तान्तरण कार्यक्रममा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका संचलक समिति सदस्य उत्सव चौलागाई, सञ्चारकर्मी भीमसेन पौडेल,अस्पताल संचालक गोमा गौतम लगायतको उपस्थिती रहेको थियो।