मकवानपुर । जेसीआई हेटौंडा लेडीको आयोजनामा मंगलबार रक्तदान कार्यक्रम गरेकाे छ । काेराेना भाइरसकाे संक्रमण कोभिड–१९ महामारीका कारण रगतको अभाव भएकाे समयमा जेसीआई हेटौंडा लेडीले रक्तदान कार्यक्रमको आयोजना गरेको हाे ।
जेसीआई हेटौंडा लेडी रक्तसञ्चार केन्द्रमै पुगेर आयोजना गरिएको रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका छन् । रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएको जानकारी पाएकाे ३ दिनअघि मात्रै रक्तदान कार्यक्रम तय गरिएको कार्यक्रम संयाेजक जेसी सुनिता राइ श्रुतिले बताइन् ।
जेसीआई हेटौंडा लेडीले कोरोना महामारीको समयमा सर्वसाधारणलाई सचेतना अभिवृद्धि गर्ने, विपन्न परिवारलाई खाद्यान्न सामग्री सहयोग गर्ने, हेटौंडा अस्पताललाई अक्सिजन सिलिण्डर हस्तान्तरण गर्ने लगायतका कार्य गर्दै आएको छ ।
सामाजिक सेवाका लागि स्थापित संस्थाका जेसीआई हेटौंडा लेडीले आफ्ना पदाधिकारी तथा सदस्यहरुको सहभागितामा स्वास्थ्य सतर्कताका उपाय अपनाएर सहयोगीको साथ र सहयोगमा आवश्यक कार्य गरिरहेको जेसीआई हेटौंडा लेडी अध्यक्ष प्रतिमा श्रेष्ठ बताइन् ।