मकवानपुर । पूर्वीमध्य बंगालको खाडीमा रहेको न्यून-चापीय प्रणाली हाल चक्रवात (Cyclonic Storm) यास् (YAAS) मा परिणत भइ यास उत्तरउत्तरपश्चिम दिशा तर्फ गएकाे हुँदा यसकाे प्रभावले हाल मकवानपुर सहित देशका धेरै स्थानमा पूर्ण बदली भइ वर्षा भएकाे छ ।
चक्रवात उत्तरउत्तरपश्चिम सर्ने क्रममा मंगलबार जेठ ११ गते धेरै शक्तिशाली चक्रवात (Severe Cyclonic Storm) मा परिणत भएकाे जल तथा मौसम विज्ञान विभागकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । बुधबार जेठ १२ गते सम्ममा अति धेरै शक्तिशाली चक्रवात (Very Severe Cyclonic Storm) मा परिणत हुने भएकाेले उक्त चक्रवातको केही असर आउँदा केही दिनमा नेपालको अधिकांश भूभागमा समेत पर्ने सम्भावना रहेकोले सबैलाई सजक हुन मौसम सजग रहन महाशाखाले अनुरोध गरेकाे छ।
बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली/पहाडी भूभागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपात र वर्षाको समेत सम्भावना रहेको छ । मंगलबार ११ गते अपरान्ह पछि देशका धेरै स्थानहरूमा सामान्य देखी पूर्ण बदली भई । उच्च हिमाली भूभागमा हावाहुरी समेत हुनसक्ने सम्भावना रहेकोले मंगलबार देखि केहि दिनसम्मका लागी पर्वतारोहिहरूलाई मौसम अनुसार सतर्कता अपनाई सुरक्षित रहन अनुरोध छ।

देशका धेरै स्थानहरुमा बुधबार १२ गते बाट केहि दिन हल्का देखि मध्यम वर्षाको सम्भावना छ। साथै प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा भारी
वर्षा हुने पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
बिहिबार १३ गते कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेश को एक-दुई स्थानमा समेत भारी वर्षाको समेत सम्भावना रहेको छ। उच्च हिमाली भू-भागहरू हिमपात र वर्षाको सम्भावना रहेकोले पर्वतारोहिहरूलाई सतर्क रहन समेत अाग्रह गरिएकाे छ।
यो सिजनमा मेघगर्जन / चट्याङ /हावाहुरी र असिना-पानीको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु महाशाखाले सवैलाइ भनेकाे छ ।