मकवानपुर/ कोरोना भाइरस (कोभिड–१९) को महामारीको समयमा मकवानपुरको विभिन्न बालगृहहरुमा बस्दै आएका बालबालिकाहरुको अवस्था बारे अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
मकवानपुर जिल्लाका बालगृह संचालक र मानव अधिकार संरक्षण तथा मानब वेचबिखन बिरुद्धको सन्जाल का पदाधिकारीहरु विच सोमबार भर्चुअल अन्तर्कृयात्मक कार्यक्रममा गरिएको हो ।
कोरोना भाइरस (कोभिड–१९) को महामारीमा बाल्बालिकाहरुको सुरक्षा के कसरी गरिएको छ र बालबलिकाहरुको बहुआयामिक क्षेत्र लाई कसरी ब्यवस्थित गरिएको भन्ने बिषयमा छलफल तथा आगामी दिनमा बालबालिका लक्षित योजना र कार्यक्रम बनाउदा समाबेश गर्नु पर्ने विषयमाथि सुझाव प्राप्त गर्ने उद्देश्यले कार्यक्रम गरिएको थियो ।
संघीय सरकारले उपलब्ध गराउन पर्ने भ्याक्सिन लगाउन नपाउनाले कोभिडको जोखिम बढी भएको भन्दै सहभागीहरुबाटले गुनासो गरेका थिए । कार्यक्रममा मकवानपुरका ८ वटा बालगृह संचालकहरुले आ–आफ्नो बाल गृहको वर्तमान अवस्था बारे जानकारी गराएका थिए ।
हाम्रो घर बालगृहकी सन्चालक इन्दिरा डल्लाकोटीले १६ जना बाबु र ११ जना नानीलाई महामारीबाट बचाउँन बाहिरको मान्छेसँगको भेट प्रतिबन्ध गरेको बताइन् । उमेर अनुसार बालबालिकाहरुलाई खेल्ने र पढ्ने समयको व्यवस्थापन गरिएको उनले बताइन् ।
औपचारिक कक्षाहरु बन्द रहेकोले बालगृह मै आश्रित ठुलो कक्षामा अध्यनरत बालबालिकाहरुले सानो कक्षामा अध्ययनरत बालबालिकाहरुलाई नियमित सिकाइमा सहयोग गरिरहेको उनले बताइन् । यसैगरी नारी संरक्षण केन्द्रका कार्यक्रम संयोजक राम मिजारले २६ बालिका र २ बालक गरी हाल २८ जनालाई हप्तामा ३ वा ४ पटक आवश्यक बिषयमा परामर्श गर्ने गरिएको र अरितिक्त कृयाकलापमा ब्यस्त गराउँने गरिएको बताए । ‘विभिन्न उमेरका बालबालिकाको समुह बनाइ उत्प्रेरित गराउँदै कोभिड बाट बचेँर बसेका छौं’ मिजारले भने ।

यसैगरी मामाघर नेपालका अर्पण पराजुलीले बालकहरुलाई अतिरिक्त कृयाकलापमा ब्यस्त
गराउनेमा बढी ध्यान दिएको बताए । मामाघर नेपालमा हाल १८ जना बालकहरु आश्रित छन्।यसैगरी शान्ता घर बालगृहका कार्यालय प्रमुख केदार आचार्यले हाल २० जना बालिकाहरु गृहमा रहेको र उनीहरुलाई यो महामारीको कारण हालसम्म कुनै समस्या नभएको बताए ।
मानव अधिकार संरक्षण तथा मानब वेचबिखन बिरुद्धको सन्जाल का उपाध्यक्ष माया लामा,सचिब जगन्नथ सुबेदी, सदस्य कुमारी लामा, बाल कल्याण समाजका प्रकाश खतिवडा, शेयर एन्ड केयरका कृष्ण श्रेष्ठ, नारी सीप सृजना केन्द्र अध्यक्ष सरस्वती बर्तौलालगायतले संस्थाले बालबालिका केन्द्रित कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।
सञ्जालकै सदस्य संस्था सिविन बाल हेल्प लाइन मकवानपुरका प्रमुख तथा बगमती प्रदेश बाल अधिकार समितिका सदस्य झविन्द्र ज्ञवालीले लकडाउनको अवस्थामा भएका बाल संरक्षण र उद्धारका घटना जानकारी गराएका थिए । लकडाउनको अबधिमा मकवानपुरका हेटौंडा, मकवानपुर गढी, बकैया र मनहरिमा ४ वटा हुन लागेका बाल विवाहको घटनालाई
रोक्न सफल भएको ज्ञावलीले बताए ।
बालगृह सञ्जाल मकवानपुरको अध्यक्ष समेत रहेका ज्ञवलीले बालगृहका बिषयमा सबै सरोकारवालाहरुसँग सहकार्य गरिने बताए । ज्ञावलीले बालगृहमा आश्रित बालबालिकाहरुको लागि बाल कानूनी साक्षरता कक्षा सञ्चालन गर्नु पर्ने आवश्यकता रहेको बताए । उनले कानुन अन्वेषण तथा स्रोत विकास केन्द्र (सेलर्ड) का फिल्ड अफिसर अधिवक्ता जगन्नाथ सुबेदीलाई लकडाउनको अवस्थामा बाल गृहमा बसेका बालबालिकाको निम्ती बाल कानुनी साक्षरता बारे भर्चुअल कक्षाहरु नियमित रुपमा चलाउनु आवश्यक भएकोले यस्तो कार्यक्रम गर्नको लागि अनुरोध समेत गरे ।
हेटौंडा उपनगरपालिका महिला तथा बालबालिका महाशाखा प्रमुख बिष्णु कुमारी लामिछानेले बाल गृह र अन्य संस्थाको कार्यसम्पादन र भावी योजनाको बारेमा आगामी समयको निम्ती उपयुक्त्त कार्यक्रम योजना तर्जुमाको गर्न सुझाब दिएकी थिइन् । हेटौंडा उपमहानगरपालिका महिला तथा बालबालिका महाशाखाको आयोजना र सिविन नेपाल बाल हेल्प लाइनको संयोजनमा कार्यक्रम भएको थियो । तस्बिरःझविन्द्र ज्ञावलि