मकवानपुर । मकवानपुर प्रहरीले श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोपमा १ जना पक्राउ गरेकाे छ । जेठ ९ गते ४२ वर्षीया श्रीमती सुनिता थापा मगरलाइ कुटपिट गरी हत्या गरेकाे आराेपमा बारा निजगढ नगरपालिका रामथली घर भई हाल हेटौंडा उपमहानगरपालिका वडा नं १० बस्ने ५४ वर्षका माइला भन्ने कृष्ण बहादुर मोक्तानलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।
जेष्ठ ९ गते दिउँसो हेटौंडा–१० न्युरेनी स्थित भुटनदेवी सामुदायिक जंगलमा शव फेला परेकाे थियाे । वेवारिसे अवस्थामा फेला परेको उक्त शवकाे पहिचान खुल्न आएकाेले मोक्तानकाे पहिचान पछी सोमबार हेटौंडा–८ कमानेबाट पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता रिमालले जानकारी दिए।