मकवानपुर । हाल देशका पहाडी तथा तराईका भू-भागमा आंशिक देखि सामान्य बदली रहेको जल तथा माैसम विज्ञान विभाग माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाेले आंशिक देखि सामान्य बदली रहेकाे हाे ।
देशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन समेत महाशाखाले आग्रह गरेकाे छ।
जेठ ९ गते आईतबार दिउँसो देश १, बाग्मती तथा गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाकी भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १ का पहाडी भू-भागका थोरै स्थान र बाकी प्रदेशका पहाडी भू-भागका एक दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना समेत रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
यस्तै आईतबार राती प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाकी भू-भागमा आंशिक बदली रहने छ। प्रदेश १ का पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।