मकवानपुर / बागमती प्रदेश सरकारलाई काेराेना भाइरसकाे महामारीबाट बच्न स्वास्थ्य सामग्री सहयाेग प्राप्त भएकाे छ । जर्मनको एक गैरसरकारी संस्था ‘ब्याक टु लाइफ’ (Back to Life) ले बागमती प्रदेश सरकारलाई स्वास्थ्य सामग्री प्रदान गरेको हाे ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र सामाजिक विकास मन्त्री सरस्वती बस्नेतको उपस्थितिमा सामाजिक विकास मन्त्रालयमा सहयोग सामग्री हस्तान्तरण भएको हो । शनिबार प्रदेशको सामाजिक विकास मन्त्रालयमा संस्थाका कार्यक्रम निर्देशक डिकेन्द्रलाल ढकालले प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । संस्थाले अक्सिजन कन्सेन्टेटर, हाई फ्रिक्वेन्सीको मोवाईल एक्सरे, पीपीई, मास्कलगायतका विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको मुख्यमन्त्री पौडेलका स्वकीय सचिव अनुप पौडेलले जानकारी दिए ।
संस्थाले अक्सिजन कन्सन्टेटर १८ थान, हाई फ्रिक्वेन्सीको मोवाईल एक्सरे २ थान,पल्स अक्सो मिटर ६० थान, सिरिंज पम्प (syringe pumps), ईन्फेसन पम्प ( infusion pump) ५/५ थान, के.एन.नाइन्टीफाइप (kn95) मास्क ६ हजार थान, सर्जिकल मास्क १ लाख थान, फेशसिल्ड २ हजार ७ सय थान, पीपीई १ हजार १ सय थान, मोनीटर ३० थान, इलेक्ट्रो कार्डियोग्राम १० थान स्वास्थ्य सामग्री मुख्यमन्त्री पौडेललाई हस्तानतरण गरेको हाे । स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा प्रदेशका सामाजिक विकास मन्त्री सरस्वती बस्नेतलगायतको सहभागिता थियो ।
स्वास्थ्य सामग्र ग्रहण गर्दै मुख्यमन्त्री पाैडेलले महामारीसँग मुकाविला गर्न सबैजनताकाे साथ र सहकार्य अनिवार्रय रहेकाे बताए ।

जर्मनीको अन्तराष्ट्रिय संस्था ब्याक टु लाइफले नेपालमा सन् २००९ देखि शिक्षा, स्वास्थ्य र सामुदायिक विकासको क्षेत्रमा काम गरिरहेको छ । हाल बागमती प्रदेशका अति विपन्न तामांग र चेपाङ्ग समुदाय रहेका चितवन र नुवाकोट जिल्लामा र विकासका दृष्टिकोणले पछाडि परेको कर्णाली प्रदेशको मुगुमा कार्य गरिरहेकाे छ ।