मकवानपुर । मकवानपुरमा थप ८९ जना कोरोना संक्रमण मुक्त भएका छन् । होम आइसोलेसनबाट ७७ जना र संस्थागत आइोलेसनबाट १२ जना गरी थप ८९ जना कोरोनामुक्त भएकाे स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
पछिल्लाे २४ घण्टामा कोरोनामुक्त हुनेमा हेटाैडा उपमहानगरपालिकाका ६५ जना,थाहा नगरपालिकाका १५ जना,मनहरी गाउँपालिकाका ६ जना, कैलाशका २ जना र मकवानपुरगढी गाउँपालिकाका १ जना रहेका छन् । यो संगै हालसम्म मकवानपुरमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ४ हजार ६ सय ३ पुगेको कार्यलयले जनाएको छ ।
यस्तै मकवानपुरमा पछिल्लो २४ घण्टामा थप १ सय १७ जनामा कोरोना पुष्टि भएको छ । २ सय ४८ जनामा पिसिआर र एन्टीजेन परीक्षण गर्दा १ सय १७ जनामा कोरोना पुष्टि भएको हो । काेराेना पुष्टि हुनेमा ४८ जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । यस्तै २६ जना थाहा नगरपालिकाका, २३ जना मनहरी गाउँपालिकाका,१४ जना मकवानपुरगढीका,भीमफदीका ३ जना,बकैयाका २ जना र १ जना बागमती गाउँपालिकाका रहेका छन् । यो संगै मकवानपुरमा हालसम्म कोरोना पुष्टि हुनेको संख्या ६ हजार ९ सय ११ जना पुगेको छ ।
यसैगरी मकवानपुरमा हाल २ हजार २ सय ४७ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमा २ हजार १ सय ३५ जना संक्रमित घरमा र १ सय १२ जना सक्रिमत आइसोलेसनमा उपचाररत रहेका छन् ।
संक्रिय संक्रमित मध्य ४० जना हेटौंडा अस्पतालको कोभिड कक्षमा, ३२ जना गौरिटार आइसोलेसनमा, ५ जना सहकारी अस्पतालमा र २ जना चुरेहिल अस्पतालमा उपचाररत रहेका छन् ।
यस्तै ११ जना भीमफेदी गाउँपालिकाको आइसोलेसनमा,९ जना बागमती गाउँपालिकाको आइसोलेसनमा,७ जना मनहरी गाउँपालिकाको आइसोलेसनमा,४ जना कैलाश गाउँपालिकाको आइसोलेसनमा र २ जना राक्सिराङ गाउँपालिकाको आइसोलेसनमा उपचाररत रहेका छन् ।