मकवानपुर । राष्ट्रियसभा उपनिवाचनको लागि गृहमन्त्रीरामबहादुर थापा ‘बादल’ सहित एमाले नेताहरु हेटौँडा आईपुगेका छन् । भोली जेठ ६ गते हुने राष्ट्रियसभा उपनिर्वाचनको उम्मेद्वार समेत रहेका बादल आज हेटौँडा आएका हुन् ।
बागमती प्रदेश अन्तर्गत रिक्त भएको १ पदको उपनिर्वाचनमा एमालेको तर्फबाट गृहमन्त्री समेत रहेका बादल उम्मेद्वार बनेका छन् । उनको प्रतिस्पर्धीको रुपमा उमेद्वावारी दर्ता गर्दाको समयमा एमालेको नेपाल समूह, नेपाली कांग्रेस, माओवादी केन्द्र तथा जनता समाजबादी पार्टीको तर्फबाट डाक्टर खिमलाल देबकोटा रहेका छन् । बादलसँगै एमाले नेताहरु हेटौंडा आएका छन ।