मकवानपुर । मकवानपुरमा गएको २४ घण्टामा थप ७७ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो संगै हालसम्म कोरोना मुक्त हुने संख्या ४ हजार ५ सय २६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा मकवानपुरमा होमआइसोलेसबाट ६७ र आइसोलेसनबाट १० जना गरी थप ७७ जना कोरोना मुक्त भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
कोरोना संक्रमण मुक्त हुनेमा ४३ जना हेटौंडा उपमहानगरपालिकाका,१८ जना कैलाश गाउँपालिकाका, ७ जना मनहरी गाउँपालिकाका,थाहा नगरपालिका,भीमफेदी र मकवानपुरगढी गाउँपालिकाका ३/३ जना रहेको स्वास्थ्य कार्यलयले जानकारी दिएको हो ।