मकवानपुर । हेटाैडा उपमहानगरपालिका सहित मकवानपुरमा थप २ सय ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकाे छ । जेठ २ गते संकलन गरिएकाे ३ सय ७४ जनाको परीक्षणमा २ सय ५ जनामा संक्रमण पुष्टि भएको हाे ।
मंगलबार जेठ ४ गते प्राप्त रिपाेर्टमा १ सय २४ जना पुरुष र ८१ जना महिला काेराेना संक्रमित रहेका छन् । काेराेना संक्रमित मध्य सबैभन्दा धेरै हेटौडा उपमहानगरपालिकाका १ सय ५० जना रहेका छन् ।
यस्तै थाहानगरकामा २१ जना, मकवानपुरगढी गाउँपालिकामा १० जना, मनहरी गाउँपालिकामा ४ जना, भीमफेदी गाउँपालिकामा १ जना र जिल्ला बाहिरका ८ जना तथा ठेगाना नखुलेको ११ जना संक्रमित रहेकाे हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य अधिकृत भोलानाथ चौलागाईले जानकारी दिए ।
