मकवानपुर । मकवानपुर प्रहरीले १ क्विन्टल गाँजा सहित ३ जना पक्राउ गरेकाे छ । निषेधज्ञा जारी रहेकै मकवानपुरमा ठुलो परिणामको गाँजा सहित मानिस पक्राउ गरिएकाे हाे । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर १ बाट प्रहरीले १ सय किलो गाँजा सहित पक्राउ गरेको हो ।
बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलिले नामटारबाट हेटौडा आउँदै गरेको ना २ ख ९८६२ नम्बरको ट्रकलाई जाँच गर्दा उक्त परिमाणको गाँजा सहित ट्रक चालक काभ्रेपलाञ्चोक महाभारत गाउँपालिका ५ का ४९ बर्षीय आईते बहादुर ठाडामगर, गाँजा ओसारपसारमा संलग्न भिमफेदी गाउँपालिका ९ का ४१ बर्षीय ऐक्ला भन्ने राज कुमार तामाङ र कैलाश गाउँपालिका १० का ३६ बर्षीय सविन भन्ने सुबिन रुम्बालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले बताए ।

ट्रकको क्याभिनको हुटमा फल्स बटम बनाई लुकाई छिपाई ल्याएको १७ वटा पोकामा रहेको १ क्विन्टल गाँजा फेला पारेको मकवानपुर प्रहरीले जनाएको छ ।