
मकवानपुर । बागमती प्रदेशभित्र निर्माण भएका पुल र झोलुङ्गे पुलको आज बाट एकै साथ उद्घाटन् गरिएको छ । १० वटा पक्की पुल र १ वटा झोलुङ्गे पुलको मुख्यमन्त्री डोरमणि पौडेलले भर्जुअल माध्यमबाट आज हेटौंडामा एक साथ उद्घाटन् गरेका छन् ।
भौतिक पूर्वाधार विकास मनत्रालय बागमती प्रदेशको आयोजनामा भएको उद्घाटन कार्यक्रममा सिन्धुपाल्चोक मेलम्ची चोक्यु पुल, भक्तपुरको महादेब खोला पुल, सिन्धुपाल्चोकको याम्वालिंग झोलुङ्गे पुल, भक्तपुरको मजुवा खोला पुल, काठमाडौको बिष्णुमति खोला पुल र धोबी खोला पुल, चितवनको भवानीपुर उत्तराखण्ड भण्डार सडक पुल र चानौनी अमृतनगर दाद्रेनी पुल, नुवाकोटको ढुंगे खहरे कल्भर्ट लिखुखोला पुल, धादिङको डुडुरे खोला पुल र पलाखु खोला पुल निर्माण सकिएपछी आज एकै साथ उद्घाटन् गरिएको हो ।
३ सय ९७ मिटर लम्बाइको एक दर्जन पुल निर्माण गर्नका लागि प्रदेश सरकारको २५ करोड ३८ लाख ५३ हजार रुपैयाँ खर्च गरेको छ ।

पुल उद्घाटन् गर्दै प्रदेशका मुख्यमन्त्री पौडेलले प्रदेश सरकारको तीन वर्षको अवधिमा ४४ वटा पुल निर्माण गरिसकेको बताए । बागमती प्रदेशका अस्पतालमा अक्सिजनको ब्यवस्थापन, एच.डि.यु र आइसियुको ब्यबस्थापनमा प्रदेश सरकार २४ घण्टानै लागिपरेको भन्दै उनले प्रदेश सरकार जनस्वास्थ्यप्रती अत्यन्तै गम्भिर रहेको बताए ।
कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फूयालले कोरोनाको महामारीको समयमा समेत बिकास निर्माणका कामहरु भइरहेको बताए। ५ वर्ष भित्रमा १ सय वटा पुल र सय वटा ठुला महत्वका सडक निर्माण गरिएको उनले बताए।