मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाले १० वेडकाे आइसोलेसन तयार गरेकाे छ । मकवानपुर जिल्लका सवै स्थानीय तहमा काेराेना संक्रमित हुने संख्या बढ्रदै गएकाेमा कैलाश गाउँपालिकाले कोरोना भाइरस संक्रमित बिरामीको उपचारको लागि अक्सिजन सहितको १० बेडको आइसोलेसन तयार गरेको हाे ।
राष्ट्रिय परिचयपत्र बनाउने कार्यक्रममा सहभागी भएकाहरूमा काेराेना संक्रमित भएकाे समाचार प्रकाशित भए यता गाउँपालिकामा काेराेनाकाे जाेखिम बढ्दै गएकाे छ । हाल गाउँपालिका भित्र ५८ जना सक्रिय संक्रमित होम आइसोलेसनमा उपचाररत रहेकाे माेक्तानले बताए । गाउँपालिका भित्र संक्रमित भएर स्वास्थ्यमा समस्या देखिएकालाई तत्काल आइसोलेसनमा ल्याएर उपचार गर्ने व्यवस्था मिलाइएकाे गाउँपालिककाले जनाएकाे छ ।
गाउँपालिकाको वडा नंबर ९ को नामटारमा १० वटा ठुला अक्सिजन सहितको आइसोलेसन तयार गरिएको गाउँपालिकाअध्यक्ष टंक मुक्तानले बताए । आइसोलेसनमा खाना तथा खाजाको व्यवस्था गरिएकाे छ । आइसोलेसनमा डाक्टरसहितको स्वास्थ्यकर्मीहरु तयारी अवस्थामा रहेकाे बताइएकाे छ । संक्रमितहरूसँग् नियमित सम्पर्कमा रहेकाले स्वास्थ्यमा समस्या हुने बित्तिकै जुन सुकै समयमा पनि सम्पर्क गरे आइसोलेसनमा ल्याएर उपचार गराउने व्यवस्था मिलाइएकाे अध्यक्ष मुक्तानले जानकारी दिए ।
गाउँपालिका भित्रका काेराेना संक्रमितलाई आइसोलेसन सम्म ल्याउन र संक्रमितकाे स्वास्थ्य अवस्था राम्राे भए पछी घर पुर्याउन दुई एम्बुलेन्स तयारी अवस्थामा राखिएकाे समेत मुक्तानले बताए । याेसँगै स्वास्थ्य अवस्था गम्भिर भए बिरामीलाई रिफर गरेर उपचारको लागि सम्बन्धित कोभिड अस्पतालसम्म पुर्याउन समेत निःशुल्क एम्बुलेन्स सेवा तयारी अवस्थामा रहेकाे मुक्तान बताउँछन् । गत वर्ष पनि गाउँपालिकाले संक्रमित बिरामीको उपचारको लागि नि:शुल्क एम्बुलेन्स सेवा दिएको थियो ।