मकवानपुर । अहिले मकवानपुर सहित देशकाे विभिन्न भागमा सामान्यदेखि पूर्ण बदली रहेकाे छ । देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण-पूर्व भू-भाग नजिक रहेको पूर्व-पश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हुने जलवाष्प युक्त हावाको प्रभाव रहेकोले सामान्य देखि पूर्ण बदलीकाे सम्भावना रहेकाे जल तथा माैसम विज्ञान विभाग, माैसम पूवानुमान महाशाखाले जनाएकाे छ ।
अहिले देशका सुदुरपश्चिम प्रदेश, बाग्मती प्रदेश तथा प्रदेश नं १ का केही भू-भागमा आंशिक देखी सामान्य बदली रही पानी परिरहेकाे छ भने बांकी भु-भागहरुमा सामान्य देखि पूर्ण बदली रहेको छ महाशाखाले जनाएकाे छ । देशका केही स्थानहरुमा मेघगर्जन तथा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना साथै एक-दुई स्थानहरुमा भारी वर्षाको समेत संभावना रहेकोले आवश्यक सतर्कता अपनाउ समेत महाशाखाले अाग्रह गरेकाे छ।
मौसम पूर्वानुमान
बैशाख २९ गते बुधबार दिउँसो प्रदेश नं १, प्रदेश नं २ लगायत अन्य पहाडी भू-भागहरुमा सामान्य देखि पूर्ण बदली र बाँकी भू-भागहरुमा आंशिक देखि सामान्य बदलि रहने छ । देशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश नं १, प्रदेश नं २,गण्डकी प्रदेश र बाग्मती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।
बुधबार राती देशका अधिकांश भू-भागहरुमा सामान्य देखि पुर्ण बदली रहि देशका केहि स्थानहरुमा मेघगर्जन,चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २ र बाग्मति प्रदेशका तराइका भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।