मकवानपुर । काेराेना संक्रमण बढ्दै गएकाेले यसकाे राेकथामकाे लागि मकवानपुरगढी गाँउपालिकाले आज बुधबारबाट भिडभाड नियन्त्रणमा कडाइ गर्ने भएकाे छ । गाँउपालिका क्षेत्र भित्रका चियापसल, चोक चौतारो लगायतका ठाँउमा हुने अनावश्यक भिडभाड नियन्त्रणमा पालिकाले कडाई गर्ने भएको हाे ।
पालिका अध्यक्ष बिदुर हुमागाईले मंगलबार ईलाका प्रहरी कार्यालय मकवानपुरगढी मक्रान्चुलीका प्रहरी प्रमुख जनकराज कार्कीलाई भेटी अनावश्यक भिडभाड नियन्त्रणका लागि कडाई गर्न अाग्रह गरेका छन् । अनावश्यक भिडभाड नियन्त्रणका लागि वडा कार्यालय तथा टोलविकास संस्थाहरूलाई समन्वयकारी भूमिका निर्वाह गर्न समेत अध्यक्ष हुमागाईले अनुरोध गरेका छन् ।
साेमबार मात्र गाँउपालिका १४ जनामा काेराेना पुष्टी भएकाे थियाे । संक्रमण पुष्टि भएका ब्यक्तिका परिवारका सदस्यहरु यत्रतत्र हिड्ने गरेको गुनासो आएको भन्दै पुष्टि भएको दिनदेखि कम्तीमा ५ देखि ७ दिनसम्म सार्वजनिक स्थानहरुका जमघटमा ननिस्कन तथा काम गर्ने स्थानहरुमा नजान समेत स्वास्थ्य शाखा प्रमुख ध्रुब लामिछानेले अनुरोध गरे ।