मकवानपुर । मकवानपुरमा मंगलबार पनि १ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । काेराेना संक्रमण पुष्टि भएका हेटौँडा उपमहानगरपालिका वडा नं. १० का ७६ वर्षका बृद्धा घरमै बसेकोमा मंगलबार मृत्यु भएको हो ।
बैशाख १३ गते चितवन मेडिकल कलेजमा परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।उनलाई मृगौलाको समेत समस्या रहेकोले उपचारकाे लागि चितवन मेडिकल भर्ना गरिएकाेमा आज बिहान आज बिहान ३ बजे घर ल्याईएको थियो ।
घरमा ल्याए पछी उनकाे मृत्यु भएकाे हेटाैडा उपमहानगरपालिकाका स्वास्थ्य अधिकृत भाेलानाथ चाैलागाइले जनाकारी दिए ।