मकवानपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विस्वासको मत पाएनन् । प्रम ओलीले प्रतिनिधिसभा समक्ष राखेकाे विस्वासको मतकाे प्रस्तावकाे पक्षमा ९५ मत परेकाेले उनकाे प्रस्ताव अस्वीकृत भएको छ । विश्वासको मत बहुमतबाट अश्विकृत भएसंगै प्रधानमन्त्री ओली स्वतः पदमुक्त भएका छन् । सरकार काम चलाउ भएको छ ।
प्रधानमन्त्रीको आफूप्रति संसदकाे विश्वास छ भन्ने प्रस्ताव पारित हुन हाल प्रतिनिधिसभामा कायम रहेको २ सय ७१ सदस्यको बहुमत आवश्यक पर्ने थियाे ।
हाल प्रतिनिधिसभामा कायम रहेको २ सय ७१ सदस्यको बहुमत पुग्न १ सय ३६ मत गर्न आवश्यक पर्नेमा प्रम ओलीकाे प्रस्तावमा ९३ मत मात्रै प्राप्त भएकोमा उक्त संख्या संसदमा बहुमत नभएकोले सभामुख अग्निप्रसाद सापकोटाले उनको प्रस्ताव अस्वीकृत भएको घोषणा गरेका थिए ।प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा १ सय २४ मत खसेको छ भने मत दिन्न भन्नेमा १५ मत परेको थियाे ।
संसदमा सोमबार एमालेको माधव नेपाल पक्षका सांसद अनुपस्थित रहेका थिए । त्यस्तै राप्रपा सांसद राजेन्द्र लिङ्देन पनि अनुपस्थित रहेका थिए । हाल विश्वासको मतको मताधिकार एमालेका १ सय २१, माओवादी केन्द्रका ४८, कांग्रेसका ६१, जनता समाजवादी पार्टीका ३२ तथा राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र सांसदलाई १/१ मताधिकार रहेको थियो ।
सभामुख सापकोटाले अर्को बैठक बैशाख ३० गते विहीबार दिउँसो साँढे १ बजेको लागि बोलाएका छन् ।