मकवनापुर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले कुनै नाटकिय परिवर्तन नभए प्रधान्मन्त्रीले संसदमा विश्वासकाे मत गुमाउने बताएका छन्। सोमबार बिहान सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष थापाले आज संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले बिश्वासको मत गुमाउने संकेत गरेका हुन। थापाले प्रधानमन्त्रीकाे आजै राजीनामा आउन सक्ने बताउँदै प्रधानमन्त्री ओलीको कामको सम्झना भैरहने बताएका छन्।
समाजिक संजाल ट्विटरमा ट्विट गर्दै थापाले भनेका छन् ‘अनेक विवाद र असफलताका बावजुद लिम्पियाधुरासहितको ‘चुच्चे’ नक्सा प्रकाशन र विखण्डनकारी सिके राउतलाई मुलधारमा ल्याउने कामको निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीको सम्झना भइरहने’ बताएका हुन्।