मकवानपुर । हेटौंडा अस्पातलमा १ जना काेराेना संक्रमण पुष्टि भएका पुुरुषको मृत्यु भएको छ । ६५ वर्षीय उनलाई ३ दिन अघि कोरोना संक्रमण पुष्टि भएको र सोहि दिन हेटौंडा अस्पतालमा उपचारको लागि ल्याईएको थियो ।
आइतबार बिहान मनहरी ९ का संक्रमित पुरूषको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मनहरी गाउँपाकिलाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए । संक्रमित पुरुष प्रेसर,थाइराईड,सुगर रोगबाट पीडित रहेका थिए ।
योसँगै हेटौंडा अस्पतालमा कोरोना संक्रमण पुष्टि भएकाकाे मृत्यु हुनेको कूल संख्या १२ जना पुगेको छ ।