मकवानपुर । हेटौंडाको राप्ती खोलामा १ जना प्रहरी मृत अवस्थामा फेला परेका छन् । हेटौंडा-१० राप्तिखोलामा डुबेको अवस्थामा प्रहरी सहायक निरीक्षक ४७ वर्षीय केशवबहादुर खत्री मृत फेला परेका हुन् ।
खत्री उच्च अदालत पाटन हेटौंडा इजलासमा कार्यरत रहेका थिए । शनिबार बिहान गोरक्षश्वर मन्दिर नजिक राप्ती खोलामा डुबेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनाको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवपानपुरले जनाएको छ ।