मकवानपुर । नेपाल कम्युनिस्ट पार्टी ( एमाले) बागमती प्रदेश संसदीय दलले संसदीय बोर्ड गठन गरेको छ । दलका नेता एवम् बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा १३ सदस्यीय बोर्ड गठन गरिएको हो।
नेकपा एमालेको बिधान, २०७७ को दफा १७ बमोजिम बोर्ड गठन गरिएको हो । बोर्डको सदस्यमा मुख्य सचेतक दीपक निरौला (पदेन), अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुण नेपाल, बिजय सुवेदी, शशिजङ थापा, उर्मिला कर्माचार्य, शान्ति थिङ, सरस्वती बाटी, नारायण बहादुर सिलवाल, सीता लामा र प्रदीप कटुवाल रहेका छन् । बोर्डको पदेन सदस्यमा दलको सचेतक र उपनेता रहने व्यबस्था रहेको छ । हाल सचेतक र उपनेता रिक्त रहेकोले पछि थप हुने छ ।
मुख्य सचेतकमा निरौला
यसै गरी नेपाल कम्युनिस्ट पार्टी (एमाले) बागमती प्रदेशको मुख्य सचेतकमा दीपक निरौला मनोनित भएका छन् । तत्कालिन मुख्य सचेतक केशब पाण्डे प्रदेशको आन्तरिक तथा कानुन मन्त्री नियुक्त भएपछि रिक्त रहेको पदमा निरौलालाई मनोनयन गरिएको हो ।

दलका नेता एवम् बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेकपा (एमाले) दलको बिधान, २०७७ को दफा १३ बमोजिम निराैलालार्इ मुख्य सचेतकमा मनोनयन गरेका हुन् । निरौलालाई गत १७ गते मुख्य सचेतकमा नियुक्त गरिएकाेमा विहीबार बागमती प्रदेश सभा सचिवालयलाई जानकारी गराईएको छ ।