मकवानपुर । मकवानपुर प्रहरीले गुण्डागर्दीमा संलग्न ५ जना नियन्त्रणमा लिएकाे छ ।
हेटौडा उप-महानगरपालिका वडा नं. १८ रामधुनी चाेक नजिक बैशाख २२ गते राती १० बजेको समयमा हेटौडा १८ रामधुनी चोक नजिक बस्ने बर्ष २४ को अजित नगरकोटी र बर्ष ३१ को बिनोद पहेलीलाई छुरा प्रहार गरी घाईते बनाएकाे बनाएकाे अाराेपमा उनीहरूलाई पक्राउ गरिएकाे हाे ।
पक्राउ पर्नेमा हेटाैडा १८ का बर्ष १९ को रोमश मोक्तान, बर्ष २१ को बिकेश मोक्तान, बर्ष १८ को रोमन भन्ने रामकुमार मोक्तान, बर्ष २२ को किशन बयलकोटी र बर्ष २६ को रोशन भन्ने खड्क बहादुर मोक्तान रहेकाे मकवानपुर प्रहरीले जानकारी दिएकाे छ । आराेपित ५ जनाले एक्कासि गुण्डा गर्दी शैलीमा विना कारण नगरकोटी र पहेलीलाई छुरा प्रहार गरी घाईते बनाएको खबर प्राप्त भए पछी प्रहरी चौकी ठुलोदमार मकवानपुरबाट प्रहरी टोली खटिई गई आराेपितलाइ बैशाख २२ पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अविनाश अधिकारीले जानकारी दिए ।
छुरा प्रहारबाट घाईतेलाई चुरेहिल अस्पतालमा पठाईएकोमा अवस्था सामान्य रहेको बताइएकाे छ । छुरा प्रहार गर्ने ५ जनालाई पक्राउ पछी पिडितबाट प्राप्त जाहेरी अनुसार ज्यान मार्ने उद्योग कसुरमा थप अनुसन्धान कार्य भईरहेको प्रहरी निरीक्षक अधिकारीले बताए ।
निषेधाज्ञा उल्लङ्घन गर्ने ९५ वटा सवारी साधन नियन्त्रणमा
यसै गरी प्रहरीले बैशाख २३ गते विहीबार निषेधाज्ञा उल्लङ्घन गर्ने ९५ वटा सवारी साधन नियन्त्रणमा लिएकाे छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी उपरीक्षक समेतको चेकिङ टोलिले जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट निर्णय भएको निषेधाज्ञा उल्लङ्घन गर्ने माेटरसाइकल तथा स्कुटर ७३ वटा, अटो १८ वटा, ट्याक्सी ३ वटा र सुमो १ वटा गरी जम्मा ९५ वटा सवारी साधनहरुलाई
नियन्त्रणमा लिईएको हाे । यस्तै निषेधाज्ञाकाे समयमा अटेर गरी पसल संचालन गर्ने ५ जना लाई समेत प्रहरीले नियन्त्रणमा लिएकाे जनाएकाे छ ।