मकवानपुर । मकवानपुरका ३ स्थानीय तहमा पूर्ण र १ स्थानीय तहमा आशिंक निषेधाज्ञा लागु भएकाे छ । १० स्थानीय तह रहेकाे मकवानपुरमा ४ स्थानीय तहमा गएराती १२ बजेबाट बैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको हाे ।
कोरोना संक्रमणको जोखिम बढे संगै जिल्लाको हेटौंडा उपमहानगरपालिका सहित थाहा नगरपालिका र भीमफेदी गाउँपालिका पूर्ण र मनहरी गाउँपालिकाको पूर्वपश्चिम राजमार्गको दाँयाबाँया ५/५ सय मिटर क्षेत्रमा निषेधाज्ञा गरिएको हो ।
कोभिड–१९ संक्रमण रोकथाम,नियन्त्रण तथा व्यवस्थापन समिति बैठककाे सिफारिसमा शनिबार जिल्ला प्रशासन कार्यलय मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेको अध्यक्षतामा बसेकाे जिल्ला सुरक्षा समितिकाे बैठकले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।
यसै गरी कोरोना भाइरस संक्रमण बढ्दै गएपछि सरकारले देशका ७७ मध्ये ४१ जिल्लामा निषेधाज्ञा जारी गरेको छ । गत १६ वैशाखबाट निषेधाज्ञा लगाउन सुरू गरिएकाे हाे । आइतबार बेलुकासम्म २९ जिल्लामा पूर्ण तथा १२ जिल्लामा आशिंक गरी ४१ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।
गृह मन्त्रालयका अनुसार पूर्ण रूपमा निशेधाज्ञा जारी गरिएकाे जिल्लाहरूमा बाँके, सुर्खेत, काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रूपन्देही, सल्यान, सुनसरी, जाजरकोट, रुकुम पश्चिम, डडेलधुरा, झापा, गुल्मी, प्युठान, उदयपुर, बझाङ, कपिलवस्तु, नुवाकोट, धनुषा, अर्घाखाँची, बैतडी र दैलेख रहेका छन् ।
यसैगरी गृह मन्त्रालयका अनुसार बाग्लुङ, बर्दिया, दार्चुला, मोरङ, काभ्रे, गोरखा, बाजुरा, मकवानपुर, कालिकोट, स्याङ्जा, रामेछाप र ताप्लेजुङमा संक्रमणको अवस्थालाई हेरेर स्थान तोकेर नै आंशिक निषेधाज्ञाको आदेश जारी गरिएको छ । साथै निशेधाज्ञा लागू हुने जिल्ला काेराेना संक्रमणकाे संख्या हेरेर अन्य जिल्लाले पनि क्रमशः लगाउँदै लाने स्थिति देखिन्छ ।
गत बैशाख १३ गते सोमबार बसको मन्त्रिपरिषद् बैठकले सीसीएमसीकाे सिफारिस स्वीकृत गर्दै निषेधाज्ञा निर्णय गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयहरूलाई दिएको थियो । सोहीअनुसार जिल्ला प्रसासन कार्यालयमार्फत जिल्लामा निषेधाज्ञाको आदेश जारी गरिएको छ ।
निषेधाज्ञामा के गर्न पाइने के गर्न नपाइने
१. औषधी उपचार, खाद्य वस्तु तथा अत्यावश्यक वस्तु खरिद गर्न नजिकका पायक पर्ने स्थानमा
जान बाहेक कुनै पनि व्यक्तिहरू घर बाहिर निस्कन र हिँडडुल गर्न नपाइने ।
२. अत्यावश्यक उपभोग्य वस्तु (खाद्यान्न, पानी, दूध, माछा, मासु, अण्डा, फलफूल तथा तरकारी) विक्री वितरण गर्ने पसल विहान ५:०० बजेदेखि विहान ९:०० बजेसम्म मात्र खोल्न पाइने,
औषधी पसल, पेट्रोल पम्म, ग्याँस डिपो, अक्सिजन सिलिण्डर पसल, सवारी साधन मर्मत गर्ने
तोकिएका वर्कसप नियमित सञ्चालन गर्नुपर्ने । अन्य सबै प्रकारका व्यवसायहरू बन्द रहने ।
३. एम्बुलेन्स, बिरामी बोकेका गाडी, खाद्य वस्तु, तरकारी, दूध, खानेपानी, पेट्रोलियम पदार्थ बोक्ने
ट्याङ्कर, स्वास्थ्य सामग्री र अक्सिजन ढुवानी गर्ने साधन, शव वाहन, फोहोर व्यवस्थापन गर्ने गाडी, पशुपंक्षीका दाना बोक्ने गाडी, कृषि मल तथा बीउबीजन बोक्ने गाडी, औद्योगिक कच्चा पदार्थ र तयारी उत्पादन बोक्ने गाडी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी, दूरसञ्चार, विद्युत, इन्टरनेट सेवा प्रवाह गर्ने सवारी साधन तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन र जिल्ला प्रशासन कार्यालयहरूबाट अनुमति प्राप्त सवारी साधन बाहेक कुनै पनि प्रकारका सार्वजनिक वा निजी यात्रुवाहक (मोटरसाइकल समेत) र अन्य ढुवानीका सवारी साधनहरू सञ्चालन गर्न नपाइने ।
४. सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैंकिङ तथा वित्तिय क्षेत्र एवं अत्यावश्यक सेवा प्रदान
गर्ने क्षेत्रमा कार्यरत कर्मचारी तथा कामदारहरूलाई सम्बन्धित कार्यालयले जारी गरेको परिचयपत्रको आधारमा र समाचार संकलन/सम्प्रेषण कार्यमा खटिएका सञ्चारकर्मीहरूको
हकमा पहिचान खुल्ने फोटो सहितको परिचयपत्रका आधारमा आवत जावत गर्न दिइने ।
५. अन्य जिल्लाबाट आएका पूर्व-पश्चिम राजमार्ग भई जाने लामो दूरीका सवारी साधन, मालवाहक
सवारी साधनहरू तथा निर्माण सामग्री ढुवानीका साधनहरू यस जिल्लामा नरोकिने गरी आवत
जावत गर्न पाइने ।
६. अत्यावश्यक सरकारी सेवाहरू एक तिहाई कर्मचारीको व्यवस्थापन गरी आलोपालो प्रणालीबाट
सञ्चालन गर्ने ।
७. बैंक, वित्तिय संस्था तथा सहकारीबाट प्रदान गरिने सेवा जनस्वास्थ्यका मापदण्ड अनिवार्य
अवलम्बन गरी भिडभाड नहुने गरी आलोपालो विधिबाट विहान ९:०० बजेदेखि दिनको ४:०० बजेसम्म मात्र सञ्चालन गर्ने । तर, सबै बैंक तथा वित्तिय संस्थाहरूले आ-आफ्ना ATM तथा विद्युतीय सेवाहरू २४ सै घण्टा सुचारू राख्नुपर्ने ।
८.मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलहरूमा नित्य पूजा मात्र सञ्चालन गरी अन्य समयमा बन्द गर्ने । धार्मिक, सांस्कृतिक र सामाजिक लगायत कुनै पनि प्रकारको जमघट तथा भेला हुने क्रियाकलाप सञ्चालन गर्न नपाइने । तर, विवाहका लागि बढीमा १५ जनासम्म नजिकको प्रहरी इकाईसँग समन्वय गरी आफ्नै निवासमा जनस्वास्थ्यका मापदण्ड
पालना गरी सम्पन्न गर्न सकिने ।
९. विवाहका लागि जिल्लाभित्र एक ठाउँबाट अर्को ठाउँ वा अन्तर जिल्ला जानुपर्ने भएमा
दुईवटासम्म सवारी साधनमा १५ जनासम्म मात्र जान सकिने ।
१०. औद्योगिक प्रतिष्ठानहरूले उद्योगमा कार्यरत मजदूर कर्मचारीहरूलाई जनस्वास्थ्यका
मापदण्डहरू अनिवार्य पालना गरी गराई उद्योग परिसरभित्रै वा निश्चित स्थानमा राखी बाहिर
आवत जावत नहुने सुनिश्चितता गरी उद्योग सञ्चालन गर्न सकिने ।
११. विकास आयोजना तथा निर्माण कार्य सञ्चालन गर्दा आयोजनास्थल वा निर्माणस्थलमा नै कामदार
तथा कर्मचारी रहने व्यवस्था मिलाई जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गरी, गराई निर्माण कार्य सञ्चालन गर्न सकिने ।