मकवानपुर । हेटौंडामा १ जना कोरोना संक्रमण पुष्टि भएकाकाे मृत्युु भएको छ । हेटौंडा-१ का ५५ बर्षीय पुरूषको उपचारको क्रममा मृत्यु भएको हो ।
हेटौंडा अस्पतालको कोभिड एचडीयुमा उपचाररत उनको बेलुकी ९:१७ मा मृत्यु भएको अस्पतालका कोभिड ईन्चार्ज डा. सागर काफ्लेले बताए । उनलाई स्वास्थ्यमा समस्या भएपछि आइतबार एन्टीजेन विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएकाे थियाे ।
उनलाई आइतबार कोरोना पुष्टि भएसंगै हेटौंडा अस्पतालको कोभिड कक्षमा राखेर उपचार सुरु गरिएको थियो । कोरोना उपचारका लागि आइसीयु संचालन गरेपछि हेटौंडा अस्पतालमा कोरोना संक्रमितको यो पहिलो मृत्यु हो । याे समेत मकवानपुरमा ३६ जनाले काेरानाकाे कारण ज्यान गुमाएका छन् ।