मकवानपुर । मकवानपुरमा आइतबार परेको चट्याङ लागेर १ जनाको मृत्यू भएको छ । मकवानपुरगढी गाउँपालकिा ६ डुम्रेकुनामा चट्याङ पर्दा ३ जना घाइते भएका थिए । ३ जना मध्य १ जनाको उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरीले जनाएकाे छ ।
पानी परेपछी मकवानपुरगढी गाउँपालकिा ६ डुम्रेकुना नजिकै रहेको बद्री घिमिरेको गोठमा ओत लाग्ने पुगेका ३ जनालाई मध्य चट्याङ लागेर बेहोस भएका मकवानपुरगढी–२ माथिल्लो छाप बस्ने २५ वर्षीया कविराज वाइवाको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
चट्याङ लागेर मकवानपुरगढी–२, छाप बस्ने ४६ वर्षीय बीरबहादुर वाइवा र सोही स्थानका ५६ बर्षीय बीरवल वाइवा घाइते छन् । घाइतेहरुलाई सामुदायिक प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपश्चात् थप उपचारको लागि हेटौंडा अस्पताल ल्याइएको बताइएको छ । घाइतेको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।