मकवानपुर । मकवानपुर जिल्लामा आइतबार बैशाख १९ गते ८ जना काेराेना सक्रमित काेराेना सक्रमण मुक्त भएका छन् । यो संगै जिल्लामा हालसम्म संक्रमण मुक्त हुनेको संख्या ३ हजार ८ सय ९४ जना पुगेको छ ।
यस्तै आइतबार मकवानपुरमा थप ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज गरिएको ६३ जनाको स्वाब परीक्षणमा ३६ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै मकवानपुरमा कोरोना भाइरस पुष्टि हुनेको संख्या ४ हजार ५ सय ७१ पुगेको स्वास्थ्य कार्यलय मकवानपुरले जानकारी दिएकाे छ ।
आज थप भएकाे ३६ जना समेत गरी मकवानपुरमा ६ सय ४४ जना काेराेना भाइरसकाे सक्रिय संक्रमित रहेका छन् । सक्रिय सक्रमित मध्य ६ सय १५ जना घरमा उपचारत रहेका छन् भने १६ जना हेटौंडा अस्पतालको आईसियू र १३ जना हेटौंडा-६ स्थित गौरिटार आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । यसैगरी २ जना संक्रमित बाहिरी जिल्लाका हेटौंडामा उपचाररत रहेका छन् । मकवानपुरमा हालसम्म कोरोनाको कारण ३५ जनाको मृत्यु भएको छ ।