मकवानपुर । कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र(सीसीएमसी)ले विभिन्न १४ निर्णय गरेको छ।
नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि शुक्रवार सिँहदरवारमा बसेको सीसीएमसीको बैठकले विभिन्न जिल्लामा जारी निषेधाज्ञालाई व्यवस्थित बनाउने निर्णय गर्दै उपत्यका र ठुला सहरमा बैङ्क तथा वित्तीय संस्थाहरूका एक चौथाइ शाखाहरूमा एक चौथाइ कर्मचारी राखी सञ्चालन गर्ने निर्णय गरेको छ ।
यस्तै, अत्यावश्यक सेवाबाहेक अन्य कार्याल्यहरु एक चौथाइ कर्मचारीद्वारा सञ्चालन गर्ने, काठमाडौँ उपत्यकाको हकमा सूचना तथा प्रसारण विभागबाट र अन्य जिल्लाका हकमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको प्रेस पास मान्य हुने पनि सीसीएमसीले निर्णय गरेको छ।