मकवानपुर । राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगले मतदान केन्द्र तोकेको छ । आगामी जेठ ६ गते हुने बागमती प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्यकाे लागि हुने निर्वाचनमा मकवानपुरकाे हेटाैडा उपमहानगरपालिका ४ स्थित भुटनदेवी माविलाई मतदान स्थल ताेकिएकाे आयोगले जनाएकाे छ ।
मतदान स्थल २ वटा केन्द्र रहने भएकाे छ । प्रदेशसभा सदस्य १ सय १० जनाका लागि केन्द्र (क) र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २ सय ३८ जनाका लागि केन्द्र (ख) गरी छुटुृाछुटृै मतदानकेन्द्र तोकिएकाे आयोगले जानकारी दिएकाे हाे ।
राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली, २०७६ को नियम २३ को उपनियम (३) बमोजिम भुटनदेवी माविलाई मतदान स्थल तोकिएकाे आयोगले जनाएकाे छ ।
नेकपा माओवादी केन्द्रबाट बागमती प्रदेशकाे राष्ट्रिय सभा सदस्यमा निर्वाचित रामबहादुर थापा बादल नेकपा एमालेमा प्रवेश गरे पछी केन्द्रले आफ्नो दलमा नरहेको भन्दै संसद सचिवालयलाई पत्र पठाएकाेले उनको पद रिक्त भएको थियो।
यसैगरी शुक्रबार निर्वाचन अधिकृत, प्रदेश निर्वाचन अधिकारी र कम्प्यूटर अपरेटरका लागि निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भइ सकेकाे छ । यस अघी नै उपनिर्वाचन सम्बन्धी निर्वाचन कार्यक्रम अायाेगले प्रकाशित गरि कार्य प्रारम्भ गरेकाे हाे ।