मकवानपुर । मकवानपुरका कवि एवम् गीतकार लक्ष्मण बाँनियाकाे लिरिकल भिडियाे गीत तिमीसँग हास्न सकिन सार्वजनिक भएकाे छ ।
श्याम कार्कीकाे युटुब च्यानलबाट गीतकाे लिरिकल भिडियाे गीत सार्वजनिक भएकाे हाे । गाेर्खाली गायिका इन्दु बाँनियाकाे स्वरमा रहेकाे तिमीसँग हास्न सकिन गीतलाइ गीतकार तथा सगीतकार वीवी अनुरागीले सगीत भरेका छन् । ‘आकास पनि सानैलाग्छ’ ‘दिल राजा दिलरानी’ लगायतका गीत गाइसकेकी इन्दुले आकास पनि सानै लाग्छ बाेलकाे गीतमा अवार्ड पनि पाएकी छन् ।
साहित्यकार तथा गितकार बानियाँ मकवानपुरको हर्नामाडी स्थित ज्योति माविमा करिब चार दशक शिक्षण पेशामा आवद्ध भइ सेवा निवृत्त हुन् । हेटाैडा १८ हर्नामाडी ठुलोदमार स्थायी निवासी बानियाँद्वारा लिखित रेकर्ड भएको यो दाेस्राे गीत हो । उनको फुटकर साहित्यक रचनाहरु विभिन्न पत्रपत्रिकामा प्रकाशित छ ।
यस अघी बाँनियाकाे ‘मेरो गीत यीनै पाखा पहरामा खोज’ कार्की कै युटुब मार्फत २०७७ साल माघ ९ गते शुक्रबार सार्वजनिक भएकाे थियाे ।