मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित १ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले गाँजा ३४ किलाेसहित पर्साको बिन्दावासिनी गाउँपालिका ३ बस्ने २९ वर्षीय रबिन्द्र उपाध्यायलाई पक्राउ गरेकाे हाे ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अविनाश अधिकारीका अनुसार, उपाध्यायलाई विशेष सूचनाको आधारमा प्रहरी चौकी भैंसे मकवानपुरबाट प्रहरी सहायक निरीक्षक प्रभु राउत कुर्मीको कमाण्डमा खटिएको प्रहरी चेकीङ टोलीले विहीबार बैशाख १६ गते दिउँसो पक्राउ गरिएकाे हाे । उपाध्यायलाई भीमफेदी गाउँपालिका १ सुन्दरीमाईस्थित राप्तीखोलाको बगरबाट उक्त परिणामको लागूऔषधसहित पक्राउ गरिएकाे अधिकारीले बताए ।
मकवानपुर प्रहरीका अनुसार पालुङगबाट हेटौँडातर्फ आउदैं गरेको ना १ ज ४७३३ नम्वरको सुमो भीमफेदी–२ मा रोकी चेकजाच गर्न खाेज्दा नरोकी तीब्र गतिमा भागेकोले उक्त सुमोको पिछा गर्दै भीमफेदी–१ सुन्दरीमाईस्थित राप्तीखोलाको बगरमा फेला पारेको हाे । सुमाे फेलापारी चेकजाच गर्दा उक्त परिणामको लागूऔषध बरामद भएपछि निजलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उक्त सुमो र गाँजासहित पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी कारबाही अगाडि बढाइएको जनाएको छ ।