मकवानपुर । मकवानपुरमा थप ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विहीबार ७० जनाको पीसीअार परीक्षणमा ३२ जना र ५५ जनाको एन्टीजेन परीक्षण गर्दा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
पीसीअार परीक्षणबाट काेराेना पुष्टि हुनेमा २७ जना हेटौंडा उपमहानगरपालिकाका, ४ जना मकवानपुरगढीका र १ जना मनहरी गाउँपालिकाका रहेका छन् । यसैगरी एन्टीजेन परीक्षण काेराेना पुष्टि हुनेमा ८ जना मनहरी गाउँपालिकाका, ७ जना थाहा नगरपालिकाका र १ जना हेटौंडा उपमहानगरपालिका रहेका छन् । यो संगै मकवानपुरमा सक्रिय संक्रमितको संखया ३ सय २५ जना पुगेका छन् ।
नेपालमा थप ४ हजार ९ सय २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
यसैगरी नेपालमा थप ४ हजार ९ सय २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका अनुसार बिहीवार १३ हजार ५ सय ६० जनाको परीक्षण गर्दा पीसीआरबाट ४ हजार ८ सय ३१ र एन्टिजेनबाट ९७ जनामा कोरोना पुष्टि भएको हाे ।
योसँगै हालसम्म नेपालमा संक्रमितको संख्या ३ लाख १७ हजार ५सय ३० पुगेको छ । जसमध्ये २ लाख ८० हजार १ सय ६७ संक्रमित निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा थप ८ सय ८८ संक्रमित निको भएका छन् । बिहीवार देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार १ सय १७ रहेको मन्त्रालयले जनाएको छ ।
कोरोनाले थप ३५ जनाको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेको संख्या ३ हजार २ सय ४६ पुगेको मन्त्रालयले जनाएको छ ।