मकवानपुर । मकवानपुरको मालपोत र नापी कार्यालयकाे सेवा प्रवाह बैशाख १६ गते बिहिबारबाट बन्द हुने भएकाे छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले कार्यलयमा सेवाग्राहीहरुको अत्याधिक भिड हुने भएकोले बिहिबार देखी बन्द गर्ने निर्णय गरेकोे हो ।
जिल्लामा कोरोना संक्रमण बढिरहेकोले मालपोत र नापी कार्यालयमा अत्याधिक भिडभाड हुने भएको कारण संक्रमण बढ्न सक्ने भन्दै कार्यलयको आन्तरिक कार्य बाहेकका अन्य सबै प्रकारको सेवाहरु बैशाख १६ गते बिहिबारदेखि अर्को निर्णय नभएसम्मको लागि बन्द हुने बैकठले निर्णय गरेकाे छ ।
यस्तै जिल्लाभित्र बिरामीहरूलाई आवश्यक पर्ने अक्सिजनको आपूर्तिमा अभाव हुन नदिन जिल्लास्थित अक्सिजन सिलिण्डर सप्लायर्सहरूले अस्पतालका चिकित्सकको सिफारिसका आधारमा मात्र व्यक्तिहरूलाई अक्सिजन सिलिण्डर उपलब्ध गराउने भएकाे छ। साथै, अर्को निर्णय नभएसम्मका लागि हाललाई अक्सिजन सिलिण्डरहरू औद्योगिक प्रयोजनका निम्ति उपलब्ध नगराइने भएकाे छ ।
अक्सिजन सिलिण्डर सप्लायर्सहरूले अक्सिजन सिलिण्डरको मौज्दात र वितरण गरिएको सिलिण्डरको विवरण दैनिकरूपमा जिल्ला प्रशासन कार्यालय, मकवानपुर र स्वास्थ्य कार्यालय, मकवानपुरलाई उपलब्ध गराउनु समेत पर्ने निर्णय भएकाे छ । ।
यसै गरी काेराेना संक्रमितकाे स्वाब संकलनको कार्यलाई छिटो छरितो र व्यवस्थित तुल्याउन हेटौडा-१०. स्थित गोरक्षेश्वर मन्दिर परिसरमा बैशाख १७ गतेदेखि स्वाब संकलन गर्ने व्यवस्था मिलाइने भएकाे छ । हेटौडा उपमहानगरपालिका, नगर कार्यपालिकाको कार्यालयले यसकाे व्यवस्थापन गर्ने भएकाे हाे ।
यसैगरी भारत लगायत तेस्रो मुलुकबाट आउने नागरिकहरू होटल वा होम क्वारेन्टिन वा आइसोलेशनमा बसे, नबसेको सम्बन्धमा सम्बन्धित स्थानीय तहले अनुगमन गरी जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रमा नियमितरूपमा प्रतिवेदन गर्नु पर्ने समेत निर्णय भएकाे छ ।
यसै गरी मकवानपुरको थाहा नगरपालिका कार्ययलकाे अत्यावश्यक बाहेकका सबै सेवा आज बैशाख १६ गतेबाट बन्द हुने भएको छ । थाहा नगरपालिकामा एन्टीजेन विधिबाट परीक्षण गर्दा नगरपालिकामा कार्यरत ४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भए पछी आजबाट ३ दिन कार्यालयकाे सेवा वन्द हुने भएकाे हाे । संक्रमितको कन्ट्याक ट्रेसिङ र संक्रमणको जोखिमको कारण आजबाट बैशाख १९ गतेसम्म अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने भएको नगरपालिकाले जनाएकाे छ ।
