मकवानपुर । मकवानपुरमा आज बुधबार विहान थप ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
हेटौंडा अस्पताल र बनस्खंडी शहरी स्वास्थ्य केन्द्र हेटौंडा २ मा रहेको प्रयोगशालामा १ सय ३९ जनाको परीक्षण गरिएकोमा थप ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरापालिकाका स्वास्थ्य निरीक्षक भोलानाथ चौलागाईले जानकारी दिए ।
चौलागाईका अनुसार संक्रमण पुष्टि हुनेहरुमा २१ जना महिला र ३९ जना पुरुष रहेका छन् ।
संक्रमण पुष्टि हुनेहरुमा हेटौंडा उपमहानगरापालिकाका विभिन्न वडाका ५६ जना रहेका छन् भने भिफेदी गाउँपालिका वडा नम्बर ८ र ९ का एक एक जना, मकवानपुरगढी गाउँपालिकाका १ जना, जिल्ला बाहिर बारा अम्लेखगन्जका १ जना र ठेगाना नखुलेका १ जना रहेका छन् ।
