मकवानपुर । नेपाल पुस्तक तथा स्टेशनरी ब्यबसायी महासंघ मकवानपुरले कोरोना भाईरस कोभिड १९ लाई मध्येनजर गर्दै बैशाख १४ गते मंगलबार देखी सम्पुर्ण पुस्तक तथा स्टेशनरी पसलहरु बन्द गर्ने निर्णय गरेको छ ।
बिश्वभर दोश्रो लहरमा फैलिएको काेराेना भाइरसकाे प्रभाव मकवानपुरमा समेत देखिन थाले पछी सुरक्षित रहन सोमबार जिल्ला अध्यक्ष बिज्ञान रिमालको अध्यक्षतामा बसेको महासंघ मकवानपुरको बैठकले अर्को सुचना नभए सममका लागी पुस्तक तथा स्टेशनरी पसलहरु बन्द गर्ने निर्णय गरेकाे हाे ।
यसै गरी बैठकले दैनिक प्रकाशित पत्रपत्रिकाहरुको हकमा स्टेशनरी पसल अगाडी दैनिक बिहान दिन ८ बजे सम्म बिक्री गर्ने निर्णय गरेको हाे । कोरोना भाईरसबाट बच्न र बचाउन दुरी कायम गरी पसल बाहिर पत्रपत्रिका बिक्रबितरण गर्न महासंघले सदस्यहरुमा अनुरोध गरेको छ ।