मकवानपुर । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६ सय १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । मन्त्रालयले दिएकाे जानकारी अनुसार ८ हजार ६ सय ६८ जनामा परीक्षण गर्दा २ हजार ६ सय १९ जनामा संक्रमण पुष्टि भएको हो ।
पीसीआर विधिबाट ७ हजार ५ सय २५ जनामा परीक्षण गर्दा २ हजार ४ सय ८६ र एन्टिजेन विधिबाट १ हजार १ सय ४८ जनामा परीक्षण गर्दा १ सय ३३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । याे सँगै देशभर कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ९७ हजार ८७ पुगेको छ । त्यसैगरी हालसम्म कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ७७ हजार १ सय २३ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३ हजार १ सय ३६ पुगेको पनि मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ८ सय २८ पुगेको छ ।