मकवानपुर । मकवानपुरको हेटौंडामा शुक्रबार २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ४१ जनाको परीक्षणमा थप २३ जनामा संक्रमण देखिएको हाे ।
काेराेना संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका २२ जना र हेटौंडा बस्ने नुवाकोट घर भएका १ जना रहेका छन् । काेराेना पुष्टि हुनेमा १७ जना पुरुष र ६ जना महिला रहेका छन् । शुक्रबार थपिएका २३ जना सहित मकवानपुरमा काेराेना संक्रमण पुष्टि हुनेको संख्या ४ हजार २१ जना पुगेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
हालसम्म ३ हजार ९ सय ६९ जना काेराेना संक्रमण मुक्त भएका छन् । काेेराेना संक्रमण पुष्टी भएका हेटाैडा ४ का ५० बर्षिय पुरूषकाे शुक्रबार मृत्यु भएकाे छ । यो संगै काेराेनाकाे कारण मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।