मकवानपुर । कोराना भाईरस (कोभिड १९) संक्रमण पुष्टी भएका हेटाैडाका १ जनाकाे शुक्रबार मृत्यु भएकाे छ । हेटौँडा उपमहानगर वडा नंबर ४ भैरबरोडका स्थायी बासिन्दा ५० वर्षका पुरुषको मृत्यु भएको हेटाैडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलानाथ चौलागाईंले जानकारी दिए ।
मृतककाे बैशाख २ गते कोरोना संक्रमण पुष्टि भएको थियो । मृतक पुरुष केहि समयअघि बिदेशबाट बिरामी अवस्थामै घर फर्किएका थिए । उनले विगत एक महिनाबाट क्षयरोगको औषधि खाईरहेका थिए । उनलाई कोलेष्ट्र्लको पनि समस्या रहेको चौँलागाईले बताए ।