मकवानपुर । गीतकार तथा संगीतकार कस्तुप पन्तले आफ्नो नयाँ गीत ‘सिलौटोमा चटनी…’को भिडियो सार्वजनिक गरेका छन् ।
संगीतकार पन्तको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको भिडियोमा गायक कलेन्द्र बिक, रामजी खाँड तथा गायिका ज्योति मगर र प्रीति आले मोडलका रूपमा उतारेका छन् । गीतमा मोडलसमेत रहेका कुलेन्द्र विश्वकर्मा र समीक्षा अधिकारीकाे स्वर सुन्न सकिन्छ भने गीतलाइ आशीष अविरलको संगीत संयोजन गरेका छन् ।
गण्डकी प्रदेशमा प्रचलित मौलिक भाका गीतमा समेटिएकाे पाउन सकिन्छ । गीतको भिडियो शंकर बिसीले निर्देशन गरेका हुन् भने दर्शकलाई थप नयाँपन दिन गीतको भिडियोमा गायक र गायिकालाई अभिनय गराएको बताइएकाे छ । गीतको भिडियो सम्पादन अमृत चापागाईं र छायांकन दुर्गा पौडेलले गरेका छन् ।