मकवानपुर । विहीबार मकवानपुरमा २९ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ । ५२ जनाको स्वाब परीक्षणको रिपोर्टमा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
काेराेना पुष्टि हुनेमा २२ जना हेटौंडा उपमहानगरपालिकाका, २ जना भीमफेदी गाउँपालिका र १ जना मनहरी गाउँपालिका ३ का रहेका छन् । यसैगरी ४ जना हेटौंडा बस्ने जिल्ला बाहिरका रहेका छन् । जसमा २ जना बारा र नुवाकोटका १ जना र भारतीय नागरिक १ जना रहेकाे छन् । बुधबार जिल्लामा २ जना बालक सहित २५ जनामा कोरोना पुष्टि भएको थियो । यो संगै जिल्लामा सक्रिय संक्रमितको संख्या ९८ जना पुगेको छ ।
जिल्लामा हालसम्म ४ हजारमा कोरोना पुष्टि भएकोमा ३ हजार ८ सय ६९ जना संक्रमण मुक्त भएको छ । मकवानपुरमा कोरोनाबाट हालसम्म ३३ जनाको ज्यान गएको छ । बुधबार हेटौंडामा १ संक्रमितको ज्यान गएको थियो ।
नेपालमा थप २ हजार ४ सय २८ जनामा कोरोना संक्रमण
यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
१० हजार १ पीसीआर परीक्षण गर्दा २ हजार ३ सय ६५ जना र ४ सय ४७ एन्टीजेन परीक्षण गर्दा ६३ गरी जम्मा २ हजार ४ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएकाे हाे ।
त्यस्तै पछिल्लो २४ घण्टामा २५२ जना कोरोना भाइरस संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार पछिल्ला २४ घण्टामा ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।