मकवानपुर । स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रही रहेकाेले आज बुधबार देशभर आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम विज्ञान विभाग अन्तरगतकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
देशका अधिकांश स्थानमा आज तुवाँलो लाग्ने सम्भावना समेत रहेको छ । पश्चिमी वायुसँगै धुलोका कणहरु आएकाले आज तुँवालो लाग्ने सम्भावना रहेको बताइएको छ । पानी परेपछि भने तुवाँलो घट्ने मौसमविद्को भनाइ छ ।
देशकाे सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्विनी प्रदेशमा सामान्य बदली र अन्य प्रदेशहरुमा आशिक देखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले छ । ती प्रदेशका केही स्थान र अन्य प्रदेशहरुका थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
महाशाखाकाे अनुसार मध्यान्हपछि मेघगर्जन/चट्टयाङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । यस्तै आज राति देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
मेघगर्जन/चट्टयाङ्ग र हावाहुरीको सम्भावना रहेका क्षेत्रमा सतर्क हुन विभागले आग्रह गरेको छ ।