मकवानपुर । सरकारले बैशाख मसान्तसम्मका लागि हेटौंडासहित १८ सहरी क्षेत्रका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमणको जेखिमलाई मध्यनजर गर्दै १८ प्रभावित सहरी क्षेत्रका विधालयहरु बन्द गर्ने निर्णय गरेको हो ।
मकवानपुरको हेटौंडा, काठमाडौं उपत्यका, बिराटनगर, पोखरा,वीरगञ्ज, भरपुर, इटहरी, धरान, बनेपा, धुलिखेल, ,जनकपुर, भैरहवा, बुटबल, नेपालगञ्ज, धजगढी र भीमदत्त नगरका विद्यालयहरु बन्द गरेर अनलाइनबाट अध्ययन, अध्यापन गराइनेछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमण बढेसँगै शहरी क्षेत्रका विद्यालय बन्द गर्न प्रस्ताव गरेको थियो । साेही अनुसार सरकारले नयाँ भेरियन्टसहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश जारी गर्दै विद्यालयहरु बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको हाे ।