मकवानपुर । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ काे सांसद पद खारेज भएकाे छ । आइतबार राष्ट्रिय सभा सचिवालयले बादलकाे सांसद पद खारेज भएको सूचना जारी गरेसँगै उनी गृहमन्त्रीबाट समेत पदमुक्त भएका छन् ।
बागमती प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका पूर्व माओवादी नेता थापा बादल सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताउने निर्णय गरेपछि एमाले प्रवेश गरेका थिए । एमाले प्रवेश गरेकै कारण नेकपा माओवादी केन्द्रले उनलाई पार्टीबाट निस्कासन गरेको पत्र गत चैत २७ गते नै राष्ट्रिय सभा सचिवालयमा पठाएको थियो । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आइतबार उक्त पद रिक्त हुने निर्णय गरेका हुन् ।